हिमाल पारीको जिल्ला मुस्ताङमा सुरक्षा बैठक

मुस्ताङ | चैत २४, २०७९

हिमाल पारीको जिल्ला मुस्ताङमा सुरक्षा बैठक

मुस्ताङ:  हिमाल पारीको जिल्ला मुस्ताङमा सुरक्षा बैठक बसेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीको अध्यक्षतामा सुरक्षा बैठक बसको हो ।

 

सो बैठकमा हिमाली क्षेत्र मुस्ताङ जिल्लाको शान्ति सुरक्षा, अपराधिक त्रियाकलाप, ठगी चोरी निकासी, सेवाग्राहीको गुनासो, यातायात, कोरला नाका, सीमा स्तम्भको सुरक्षा, भ्रष्टाचार निवारण, वन्यजन्तु चोरी शिकारी, पर्यटकीय गतिविधि, धार्मिक स्थलमा आउने भक्तजनहरु, प्राकृतिक विपद् लगायत विविध विषयमा छलफल भएको थियो । 

 

आन्तरिक मामिला तथा कानून मन्त्री रोशन बहादुर गाहा थापामगरले जनता र सेवाग्राहीहरुको गुनासोलाई छिटो छरितो, ढिलासुस्ती, आलटाल नगरिकन जनताका समस्यालाई सम्बन्धित कार्यालयहरुबाट समाधान गर्न र परिणाममुखी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो । 

 

उक्त बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री रोशन बहादुर गाहा थापा, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, नेपाल प्रहरीका गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङ, नेपाली सेनाका प्रमुख सेनानी इन्द्रराज गुरुङ, सशत्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङका सशत्र प्रहरी नायब उपरीक्षक यज्ञमान साउद, जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्रनाथ पौडेल र राष्ट्रिय अनुसन्धान व्यूरोका मुस्ताङ प्रमुख मदन पौडेल, आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव सुरण शर्मा पौडेल र चण्डिका पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकान्त बस्नेत तथा सुचना अधिकारी शिव लम्सालको सहभागिता रहेको थियो ।

 

प्रमुख जिल्ला अधिकारी तथा ४ वटै सुरक्षा निकायका प्रमुखहरुले शान्ति सुरक्षा लगायत अन्य विविध विषयमा ब्रिफिङ गर्नुभएको थियो । 

काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरी जाँचबुझ गर्दा कैलाली क्षेत्र नं १ बाट मनोनयन पत्र दर्ता गर्नुभएका रेशमलाल चौधरीको उम्मेदव...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि गगनकुमार थापाले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा पहिलो पटक बैठक राख्दैछन् । गत पुस २७ देखि माघ २ गतेसम्म भएको दोस्रो विशेष महाधिवेशनबाट...

थप पढ्नुहोस्

म्याग्दी: बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गर्नुभएको छ ।  जिल्ला प्रशासन कार्यालयले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका ...

थप पढ्नुहोस्